मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईद्वारा इजलासबाट बाहिरिने घोषणा

न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईद्वारा इजलासबाट बाहिरिने घोषणा

 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– प्रश्न उठाइएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरने निर्णय गरेपछि आफ्नो फरक मत राख्दै इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले अहिलेको इजलासमा नबस्ने घोषणा गरेका छन्।

इजलासमा केसी र श्रेष्ठको भनाइमा असहमति जनाउँदै उनीहरुले इजलासबाट बाहिरिने निर्णय सुनाएका हुन्। 

‘हामीले केसी र श्रेष्ठ श्रीमानको विषयमा फरक राय मत राख्दैछौं। कानुन व्यवसायीहरुले समेत कुरा उठाएको हुँदा त्यसमा अलग हुनु नै उचित हुन्छ,’ न्यायाधीश दीपककुमार कार्कीले भने,‘बम कुमार श्रेष्ठको इजलासले ऋषि कट्टेलको मुद्दामा फैसला गरेको र केसी श्रीमानले पुनरावलोकन नदिएकोले अलग हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। उहाँहरुले इजलासबाट बाहिरिनु नपर्ने राय लेख्नु भएको छ। त्यो स्वार्थ बाझिने कुरा हो। अहिलेको विवाद तीव्र सुनुवाइ होस् भन्ने हाम्रो चाहना छ तर, न्यायाधीशहरुको न्यायिक कार्यको पवित्रता कसरी राख्ने भन्ने चुनौती देखियो।’

उनले थपे, ‘नेपालको संविधानले स्वतन्त्र मात्रै नभई स्वच्छ, निष्पक्ष र तटस्थ न्यायको परिकल्पना गरेको छ। न्यायापालिकाको कल्पना गरेको छ। न्यायाधिशले निष्पक्ष न्याय नै गर्छन् भन्ने छ। न्यायाधिशहरुले आग्रह र पूर्वाग्रहबाट माथि उठ्नुपर्छ। न्यायाधीश अविश्वासिलो भएमा न्याय पनि विश्वासिलो हुन सक्दैन। विवाद हुने भएमा इजलासबाट अलग हुनुपर्ने भनिएको छ।’ 

दुईवटा मुद्दामा तात्विक सम्बन्ध हुने–नहुने मात्रै होइन, न्यायाधीशहरुको विश्वव्यापी सिद्धान्तले पनि हेर्नुपर्ने उनको भनाइ छ। आफूहरु अहिले इजलासबाट बाहिरिने निर्णय उचित हुने भन्दै उनले पछि प्रधानन्यायाधीशले अर्को इजलास गठन गरेमा त्यसै अनुसार अघि बढ्ने बताए।
 

प्रकाशित: Jun 01, 2021| 07:50 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।