काठमाडौं- खाने तेलको मूल्य वृद्धिलाई लिएर प्रकाशित समाचारप्रति वनस्पति घ्यू, तेल उत्पादक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्ति जारी गर्दै संघले मूल्य वृद्धिका सम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघले तेल उत्पादनका लागि चाहिने कच्चा पदार्थ अन्य मुलुकबाट आयात गुर्नपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेको भन्दै नेपालमा तेलको मूल्य वृद्धि भएको जनाएको छ।
कोरोना महामारीका कारणले अन्तार्रष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको र त्यसैको प्रभाव नेपालमा परेको विज्ञप्तिमा उल्लेख छ। ‘खाने तेल उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायत देशबाट आयात गर्नुपर्दछ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।