मंगलबार, भदौ ९, २०८३

विराटनगरमा थप तीन संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

विराटनगर- कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो।

कोशी कोभिडमा सुनसरीको इनरुवा नगरपालिका–५ का ४७ वर्षीया पुरुषको सोमबार राति १० बजेतिर मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ७० वर्षीय पुरुषको सोमबार राति १२ बजे पनि मृत्यु भएको छ।

नोबेल अस्पतालमा मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का ७७ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

प्रकाशित: Jun 01, 2021| 06:34 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।