बुधबार, चैत ११, २०८२

उद्घाटन खेलमा रुस र साउदी : कसले देला चक्मा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- फुटबल प्रेमीहरूको प्रतीक्षाको घडी अबको केही घण्टामा सकिँदैछ । संसारकै सर्वाधिक महँगो खेलकुद प्रतियोगितामा सहभागी हुन ३२ देशका खेलाडीहरू रुस पुगिसकेका छन् । 

चार वर्षदेखिको प्रतीक्षापछि जब विश्वकप २०१८ को उद्घाटन खेल नेपाली समयअनुसार साँझ पौने नौ बजे शुरु हुन्छ, सबैले लामो सास तान्नेछन् । 

त्यसपछि शुरु हुनेछ अबको खेल कसले जित्छ, कुन खेलाडीले कस्तो प्रदर्शन गर्छ भन्ने विश्लेषण । फुटबल प्रेमीहरूबीच आ–आफूले समर्थन गरेको टिम तथा खेलाडीको पक्षमा वकालत मात्र होइन, अनुमानका आधारमा विजयी हुने दाबा शुरु हुनेछ । 

रुसको राजधानी मस्कोस्थित लुज्निकी स्टेडियममा हुने उद्घाटनका खेलका लागि दुवै टिमका खेलाडी तथा प्रशंसकहरू जम्मा भइसकेका छन् । 

दुवै टिमका खेलाडीको धड्कन पक्कै बढेको छ । ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भनेझैं पहिलो खेलमा विश्वकपको मजा दिनुपर्ने चुनौतीमा छन्, रुस र साउदी अरेबिया । 

समूह ‘ए’को पुछारमा रहेका टिम हुन्, दुवै । आयोजक राष्ट्र भएकाले रुस स्वतः विश्वकप छनोटमा परेको हो भने साउदीले छनोट चरण पार गरेर आएको हो ।

आयोजक रुसलाई गृहमैदानको पहिलो खेल जित्नैपर्ने दबाब छ । रुसी खेलाडीलाई गृहमैदान भएकाले समर्थकहरूको पनि ठूलो साथ रहनेछ । त्यसबाट खेलाडीहरूलाई राहत मिल्ने अनुमान छ । 

यी दुवै टिम यसअघि सन् १९९३ को मैत्रिपूर्ण खेलमा एक पटक मात्रै आमनेसामने भएका थिए । त्यस खेलमा साउदीले रुसलाई ४–२ ले पराजित गरेको थियो । 

तर, साउदीका प्रशिक्षक जउन एन्टोनियो पिजीले गृहमैदानमै रुसका समर्थकहरूको मुख बन्द गराउने बताए । उनले भने, ‘हामी रुसका समर्थहरूलाई मुख खोल्ने मौका पनि दिने छैनौं ।’

आफ्नो उद्देश्य रुसलाई जसरी पनि पछार्ने रहेको उनले बताए । पिजीले थपे, ‘हामी गृहमैदान भन्दैमा त्रसित भएका छैनौं ।’

रुस फिफा र्‍यांकिङमा आफ्नो विपक्षी साउदी अरेबियाभन्दा तीन स्थान तल अर्थात् ७०औं स्थानमा छ । सन् २००६ पछि साउदी अरेबिया कुनै पनि विश्वकपमा सहभागिताका लागि योग्य भएन । 

तर, १२ वर्षपछि विश्वकपमा फर्किएको साउदीले खेल जित्ने निश्चित भएको दाबी गरेको छ । प्रशिक्षक पिजीले आफ्ना खेलाडीहरूले शुरुवाती खेल सजिलै हात पार्ने दाबी दोर्‍याए । उनले भने, ‘हामीले रुसका लागि खलनायक बन्ने रणनीति र रुसलाई आफ्नो शाख बचाउन मुस्किल हुने स्थितिमा पुर्‍याउने छौं ।’

'जीवनको सर्वाधिक ठूलो अवसर'

रुसी मिडफिल्डर अलेक्जेन्डर समिडोभले टुर्नामेन्टको उद्घाटन खेललाई ‘सर्वाधिक ठूलो अवसर’ संज्ञा दिएका छन् । सन् १९९८ देखि आयोजक राष्ट्रले खेल गुमाएका छन् । तर, यसपटक आयोजकले नै ट्रफी जित्ने लक्ष्यमा आफूहरू उत्रिने समिडोभको दाबी छ ।

‘हामी सम्पुर्ण रूपमा तयार छौं । बिहीबार हुने उद्घाटन खेल मेरा लागि जीवनकै सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । यसमा जित्नेबाहेक अरू केही सोचेका छैनौं,’ रुसी खेलाडी स्पर्टकले भने, ‘हामीलाई विपक्षीलाई कसरी पराजित गर्नुपर्छ भन्ने हरेक रणनीति थाहा छ ।’

आयोजक रुस विश्वकपमा कमजोर ठानिएको छ । डिफेन्डर दिमित्री कोम्बरोभ र भिक्टोर भसिन दुवैले यस वर्षको विश्वकप गुमाएका छन् । उनीहरू दुवै रुसका लागि महत्वपूर्ण मानिएका थिए । यसकारण रुसले मध्यतिर तीन र पछाडि चार जनाको ढाँचामा मैदानमा उत्रिने रणनीति लिएको छ । 

रुसको डिफेन्सका लागि ३८ वर्षीय सेर्गेयी इगन्सेहिभिचलाई अगाडि सारिएको छ । दायाँतर्फबाट अघिल्तिर स्मोलनिकोभ र मारियो फर्नान्डेज रहनेछन् । बायाँतर्फबाट अघिल्तिर चेल्सीका पूर्वखेलाडी यूरी जिर्कोभ ल्याउने तयारी गरेको छ । 

साउदी अरेबिया भने स्टार खेलाडविहीन मैदानमा उत्रिनेछ । साउदीले पनि स्टार नवाफ अल अबेदले चोटका कारण विश्वकपलाई अवलोकन मात्रै गर्नेछन् । नवाफ साउदीका टप खेलाडी मानिन्छन् । 

खेलको मध्यपछि सलिम अल दावसरी र फहद अल मुल्लावादलाई मैदानमा देख्न सकिनेछ । क्याप्टेन ओसामा हवास्मी र तैसिर अल जसिमको सहकार्यलाई महत्वपूर्ण रूपमा हेरिएको छ । यो जोडीले अन्तर्राष्ट्रिय खेलबाट दुई सय ६७ ‘क्याप’ प्राप्त गरेका छन् । 

रुस ६० वर्षअघि अर्थात् सन् १९५८ देखि विश्वकपमा सहभागी हुन थालेको हो । साउदी अरेबियाले २४ वर्षअघि (सन् १९९४मा) विश्वकपमा प्रवेश पाएको हो । दुवै मुलुक यसअघिका विश्वकप विजेता या उपविजेता होइनन् । 

रुसको विश्वकप यात्रा त्यति लोभलाग्दो छैन । सन् १९६६ मा चौथो स्थानको उपाधि नै रुसका लागि सबैभन्दा ठूलो जित हो । र, साउदी पनि धेरै पछि विश्वकपमा सहभागी भएर पछिल्लै लहरमा उभिएको टिम हो । 

रुसको शुरुवाती लाइन अप ३–४–२–१


साउदीको शुरुवाती लाइन अप ४–२–३–१

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।