मंगलबार, भदौ ९, २०८३

काठमाडौं उपत्यकामा निषेध आदेश खुकुलो बनाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ। कोरोनाभाइरस संक्रमणमा केही कमि आएको भन्दै निषेध आदेश पूर्ण रुपमा निस्तेज नपारिए पनि केही खुकुलो गर्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

'आज अपरान्ह उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ। सोही बैठकले निषेध आदेशलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने छ', उनले नेपाल समयसँग भने। तर, खाद्य तथा किराना पसल भने खुलाउन दिने उनले बताए।

अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ। त्यसपछि थपिने निषेध आदेश केही खुकुलो हुने भएको हो।

प्रकाशित: Jun 01, 2021| 06:29 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।