मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नियमावली संशोधन गरेर संवैधानिक इजलास गठन गर्ने सहमति

नियमावली संशोधन गरेर संवैधानिक इजलास गठन गर्ने सहमति

संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गरेर संवैधानिक इजलास गठन गर्ने सहमति भएको छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गरेर संवैधानिक इजलास गठन गर्ने सहमति भएको छ। सर्वोच्च अदालतको फुल कोर्ट बैठकले स्वीकृत गरेर न्याय परिषद्बाट पारित गर्ने गरी प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच सहमति भएको बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए।

शाक्यले भने, ‘अब मर्यादाक्रमअनुसार नै संवैधानिक इजलास गठन गर्ने र त्यहाँ रहेका न्यायाधीश कारणबस सहभागी हुन नसक्ने स्थिति भएमा जानकारी दिएर त्यसपछिका न्यायाधीश इजलासमा रहने सहमति भएको छ।’ इजलास गठनमा देखिएको विवाद समाधानका लागि मंगलबार प्रधानन्यायाधीश र बारका पदाधिकारीबीच छलफल भएको थियो। 

एक साताभित्रमा नियमावली संशोधन गरेर त्यसपछि मात्रै संवैधानिक इजलास गठन हुने अध्यक्ष शाक्यले जानकारी दिए। 

इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको नैतिकताका बारेमा कानुन व्यवसायीले प्रश्न उठाएपछि संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको छैन।

गत शुक्रबार सुरु भएको सुनुवाइ आइतबार पनि न्यायाधीशकै नैतिकताका बारेमा न्यायाधीश र कानुन व्यवसायी बीच सबालजबाफ भएको थियो। दुई न्यायाधीशले भने आफूहरु नहट्ने बताइसकेका छन्। 

‘न्यायाधीशद्वय केसी र श्रेष्ठ संवैधानिक इजलासबाट बाहिरिनैपर्छ’

न्यायाधीशको नैतिकतामा रुमल्लिँदा अड्किएको सुनुवाइ

 

 

प्रकाशित: Jun 01, 2021| 06:23 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।