मंगलबार, भदौ ९, २०८३

रोल्पा अस्पतालमा प्रदेशमन्त्रीको अनुगमन

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

बुटवल - लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका छन्।

कोरोना महामारीकै बेलामा नियुक्त भएका मन्त्री श्रेष्ठले अस्पतालमा बिरामीले उपचार नपाएको विषयलाई चासोमा राख्दै अस्पतालको स्थलगत निरीक्षण थालेका हुन्।

अधिकांश अस्पतालमा उपकरण अभावका कारण उपचार सेवा प्रभावित भएको गुनासो आएपछि जिल्ला जिल्ला पुगेर अवलोकन गर्ने गरेका छन्।

आर्थिक वर्ष २०७८/०७९ को बजेट अधिवेशन पूर्व नै अस्पतालको निरीक्षण गरेर आवश्यक सुधारका लागि बजेट व्यवस्था गर्ने गरी अवलोकनमा हिँडेको मन्त्री श्रेष्ठ बताउँछन्।

मन्त्री श्रेष्ठले रोल्पा अस्पतालको अनुगमन गरेका छन्। संघीय सरकारले बजेट प्रस्तुत गरेकोमा अहिलेसम्मकै ठूलो बजेट स्वास्थ्य क्षेत्रमा ल्याएको बताउँदै मन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले ल्याउने बजेटमा समेत रोल्पालीहरूको स्वास्थ्यलाई मध्यनजर गरी बजेट छुटाउने बताए।

स्वास्थ्य संकट नियन्त्रण गर्न, अस्पताल व्यवस्थापन गर्न सरकारले पठाएको बजेट परिचालन गर्न समेत मन्त्रीको आग्रह छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा समेत सहभागी मन्त्री समक्ष रोल्पा अस्पताललाई कम्तीमा १० वटा एचडीयू बेड थप्न आग्रह गरिएको थियो।

रोल्पामा पीसीआर परीक्षणका लागि लामो समय पर्खनुपर्ने बाध्यता रहेको बैठकमा राखिएको थियो। 

प्रकाशित: Jun 01, 2021| 05:06 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।