मंगलबार, भदौ ९, २०८३

अर्थशास्त्री डा. थापा रहेनन्

अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको मृत्यु भएको छ। कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत थापाको आज मंगलबार बिहान मृत्यु भएको हो। उनी झन्डै एक महिनादेखि अस्पतालमा थिए। 

थापाको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। 

थापा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर मनिलामा पनि काम गरेका थिए।

यसैबीच, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले डा. थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 'मेरा अत्यन्त नजिकका मित्र, विद्वान अर्थशास्त्री डा. गोविन्द थापाको निधनको खबरले स्तब्ध बनायो। कमरेड थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना। हामी तपाईंको विद्वता र योगदानलाई सधै सम्झिरहने छौं,' नेपालले भनेका छन्।

प्रकाशित: Jun 01, 2021| 04:02 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।