मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरी अस्पताल घटना : छानबिन समितिद्वारा दीर्घकालीन समाधानसहितको प्रतिवेदन तयार

भेरी अस्पताल घटना : छानबिन समितिद्वारा दीर्घकालीन समाधानसहितको प्रतिवेदन तयार

बाँकेस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन तयार गरेको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- बाँकेस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन तयार गरेको छ।

घटनाबारे छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको संयोजकत्वमा समिति गठन भएको थियो। ७ सदस्यीय छानबिन समितिले २५ पृष्ठको प्रतिवेदन तयार पारेको बताइएको छ। प्रतिवेदन सोमबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाइसकिएको विष्टले बताए।

प्रतिवेदन तयार भए पनि सार्वजनिक गरिएको छैन। समितिले घटनाको अनुसन्धान गर्नुका साथै दीर्घकालीन समाधानका उपायहरु पनि सुझाएको बताइएको छ।

छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मीहरू, पीडक, घटनाका प्रत्यक्षदर्शी तथा बिरामीका कुरुवासँग सोधपुछ गरेको थियो। प्रतिवेदनमा घटना हुनुको कारण र भविष्यमा त्यस्ता घटना हुन नदिन के गर्न सकिन्छ भनेर सुझावहरु पनि उल्लेख छ।  

यो पढ्न नछुटाउनुहोला- ‘घाँटी थिचेपछि नर्सहरू भागेर शाैचालयमा लुके, ढोका फोडेरै आक्रमण गरेपछि हाम फालेर जोगिए’

छानबिन समितिले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव तथा घटना भएको दिन उत्पन्न परिस्थितिको सुक्ष्म विश्लेषण गरिएको बताएको छ।  बिरामी तथा कुरुवासँग स्वास्थ्यकर्मीले गर्ने व्यवहार, अस्पतालको आन्तरिक व्यवस्थापन, अस्पतालको सुरक्षा व्यवस्था, केन्द्रबाट उपलब्ध गराउनुपर्ने जनशक्ति आदिबारे प्रतिवेदनमा विस्तृत उल्लेख छ।

भेरी अस्पताल विकास समितिका दुई जना सदस्य, जिल्ला प्रहरीका डीएसपी, नेपाल चिकित्सक संघका दुई सदस्य, नर्सिङका तर्फबाट एक जना सदस्य रहने गरी समिति बनाइएको थियो।

गत बिहीबार दाङका कोरोना संक्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालको आईसीयूमा तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीलाई लखेटीलखेटी आक्रमण गरेका थिए। त्यसपछि चिकित्सकसहित स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका थिए। अस्पतालमा अहिले पनि दैनिक साँझ ६ बजेदेखि एक घण्टा प्रदर्शन हुँदै आएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पाँच वर्षको जेल सजाय हुने कानुन बनाउनुपर्ने माग उनीहरुको छ।

पीडित चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमणकारीलाई हदैसम्मको कारबाही नगरे र स्थानीय प्रशासनले सुरक्षा दिन नसके बिरामीको उपचार गर्न नसक्ने अडान राखेपछि अस्पतालमा सुरक्षा सतर्कता बढाइएको छ। सई तेजेन्द्र बीसीको कमान्डमा दुई असईसहित २५ जनाको टोली अस्पतालमा खटिएको छ। आलोपालो गरेर २४ सै घण्टा प्रहरीले पहरा दिइरहेका हुन्छन्। यसअघि हवल्दारको कमान्डमा दुई जनामात्र प्रहरी तैनाथ हुने गरेका थिए।

यो पनि- मुख्यमन्त्रीको मान्छे हुँ भन्दै नर्समाथि जाइलाग्ने को हुन्?

 

प्रकाशित: Jun 01, 2021| 03:45 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।