धनगढी- कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको भजनी नगरपालिका–१, गौनियाकाका २८ वर्षीय गणेश कोली र वडा नम्बर २ का ३२ वर्षीय मनोज मल्ल रहेका छन्।
भजनी नगरपालिका–५, दुधुवाफाँटास्थित सडकखण्डमा उनीहरू सवार से७प ८६४७ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटरमा सवार मल्लले लुकाईछिपाई राखेको ५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
