काठमाडौं- खोपका लागि विभिन्न मुलुकका राष्ट्रप्रमुखलाई राष्ट्रपतिले पत्राचार गरेको विषयमा आलोचना भइरहेका बेला एमाले नेता योगेश भट्टराईले भने त्यसलाई अन्यथा मान्न नहुने बताएका छन्।
ट्विट मार्फत् नेता भट्टराईले यस्तो बताएका हुन्। ‘राजनीतिक बिषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको छ,’उनले लेखेका छन्,‘सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न। खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने की?’
एमालेकै नेता भीम रावलले भने हिजो मात्रै राष्ट्रपतिले कार्यकारी प्रमुख झै विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका थिए। अन्य राजनीतिक दलका नेताहरूले पनि यसबारेमा आलोचना गरेका थिए।
