मंगलबार, भदौ ९, २०८३

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ आज

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आज पनि हुनेछ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आज पनि हुनेछ। 

आइतबारको सुनुवाइ सकिएपछि आजका लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। इजलास गठनकै विषयमा विवाद केन्द्रीत भएपछि सोमबारका लागि सुनुवाइ तोकिएको थिएन्। 

३० वटा रिटमाथी शुक्रबार देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुईजना न्यायाधीशबारे पक्षका कानुन व्यवसायीहरुले सवाल उठाएका थिए।

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासबाट बाहिरिनुपर्ने रिट निवेदकको मागपछि सुनुवाइ रोचक हुने देखिएको छ।

सोमबार यसविषयमा आदेश आउने भनिए पनि न्यायाधीशकै बीचमा विवाद देखिएपछि हुन सकेन्। सम्भवतः आज इजलास बस्नु अघि नै दुई न्यायाधीशबारे निर्णय हुने देखिएको छ।

प्रकाशित: Jun 01, 2021| 02:21 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।