मंगलबार, भदौ ९, २०८३

एमालेको स्थायी कमिटी बैठक आज, होला त थप कारबाही?

सत्तारुढ दल नेकपा एमालेको पूर्व निर्धारित स्थायी कमिटीको बैठक आज बस्दै छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको पूर्व निर्धारित स्थायी कमिटीको बैठक आज बस्दै छ। 

आइतबार बेलुकीका लागि तोकिएको बैठक सर्दै आज बिहानका लागि तोकिएको हो। पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए।

स्थायी कमिटी बैठक मुलत अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा र पार्टीको आन्तरिक विवादकै विषयमा केन्द्रीत हुने बताइएको छ। 

आजको बैठकले स्पष्टीकरण सोधिएका माधव नेपाल पक्षका १२ जना सांसदका विषयमा पनि आवश्यक कारवाही गर्ने बुझिएको छ। उनीहरूलाई २४ घन्टे स्पष्टीकरण सोधिए पनि त्यसको जवाफ भने दिएका छैनन्। त्यसै कारण आजको बैठकबाट उनीहरुलाई पनि कारवाही हुने देखिएको छ।

माधव पक्षीय सांसदहरु घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधेको थियो। 

यसअघि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जना सांसदहरूलाई साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिसकिएको छ। 

आजको बैठकले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कारबाहीका लागि सिफारिस गरेका प्रदेशसभा सदस्यहरूका विषयमा पनि आवश्यक निर्णय गर्नेछ। 

प्रदेश कमिटीले त्यहाँको संसदीय दलका नेता प्रकाश शाहसहित १० जनालाई कारवाहीका लागि केन्द्रमा सिफारिस गरिसकेको छ।

एकपछि अर्का माधव झलनाथ पक्षका गतिविधिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपीशर्मा ओलीले कडा प्रतिक्रिया दिइरहेका छन्। ओलीको प्रतिक्रियालाई पनि ध्यानमा राख्ने हो भने आजको बैठकमा उनले थप कारवाही गर्ने देखिएको छ।

प्रकाशित: Jun 01, 2021| 02:17 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।