काठमाडौं– भारतमा कोरोना महामारीको दोस्रो लहरका क्रममा एकै महिनामा ८८ लाख ८२ हजार जना संक्रमित थपिएका छन्।
मे महिनामा थपिएको संख्या कुल संक्रमितको ३१.६७ प्रतिशत हो। अहिलेसम्म त्यहाँ २ करोड ८० लाख मानिसमा संक्रमण भइसकेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार मे महिनामा १ लाख १७ हजार २४७ जना संक्रमितको मृत्यु भएको छ। यो संख्या कुल मृतकको ३५.६३ प्रतिशत हो। अहिलेसम्म त्यहाँ ३ लाख २९ हजार १०० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।
