मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‍८ लाख डोज चिनियाँ खोप नेपाल पुग्दै, ६० देखि ६५ सम्मका लागरिकलाई दिइने

‍८ लाख डोज चिनियाँ खोप नेपाल पुग्दै, ६० देखि ६५ सम्मका लागरिकलाई दिइने

नेपाल एयरलाइन्सको चार्टर विमान मंगलबार चिनियाँ खोप लिएर काठमाडौं आउँदैछ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- नेपाल एयरलाइन्सको चार्टर विमान मंगलबार चिनियाँ खोप लिएर काठमाडौं आउँदैछ। चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर आज चार्टर विमान काठमाडौं आइपुग्ने भएको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज आज काठमाडौं पुग्न लागेको हो। सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर काठमाडौं फर्किने छ।

उक्त खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने सरकारी तयारी छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले चीनबाट आउने १० लाख ‘भेरोसेल’ जोखिम वर्गको आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई दिन लागिएको जानकारी दिए। 

प्रकाशित: Jun 01, 2021| 01:51 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।