मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस संक्रमणबाट २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस संक्रमणबाट २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले संक्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए। 

सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज चौरसिया र नविन कर्णको संक्रमणका कारणले निधन भएको  छ।

त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ। त्रिविले संक्रमणको दोस्रो लहर सुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ। संक्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिए। आंक्षिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशत भन्दा बढी कक्षा भइरहेका छन्। 

त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको छ। रासस

प्रकाशित: Jun 01, 2021| 00:36 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।