मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा बाबुरामको प्रश्न- राष्ट्रपतिलाई भिख माग्न लगाउने? खै लाजसरम्?

डा बाबुरामको प्रश्न- राष्ट्रपतिलाई भिख माग्न लगाउने? खै लाजसरम्?

'सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भिख माग्न लगाउने? खै लाजसरम्?,' उनको ट्विटमा प्रश्न गरिएको छ। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्रप्रमुखहरूलाई पत्र पठाउँदै खोप माग्न लगाएको भन्दै आपत्ति प्रकट गरेका छन्। सोमबार ट्विट गर्दै डा भट्टराईले राष्ट्रपतिलाई खोपको भिख माग्न लगाइएको प्रति असन्तोष व्यक्त गरेका हुन्। 

'सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भिख माग्न लगाउने? खै लाजसरम्?,' उनको ट्विटमा प्रश्न गरिएको छ। 

कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएपनि राष्ट्रपतिलाई खोप माग्न लगाउन नहुने उनको भाव छ। सरकारले खोप व्यवस्थापन नगरेको भन्दै सरकार आफैँ कुहिराको काग भएको आरोप समेत लगाएका छन्।

'हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो?,' डा भट्टराईले ट्विटमा लेखेका छन्। 

प्रकाशित: May 31, 2021| 16:31 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।