मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जलेर घाइते भएका डोटीका आमाछोरीको उपचार खर्च सरकारले व्यहोर्छ : गृह मन्त्रालय

जलेर घाइते भएका डोटीका आमाछोरीको उपचार खर्च सरकारले व्यहोर्छ : गृह मन्त्रालय

'घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारबाट व्यहोरिने र यस घटनामा संलग्न व्यक्ति उपचार कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने व्यहोरा अनुरोध गर्दै घाइते भाट र निजकी छोरी अन्जु भाटको शीघ्र स्वास्थ्य लाभको कामनासहित आगामी दिनमा यस प्रकारका घटना हुन नदिने तर्फ गृह मन्त्रालय कटिबद्ध रहेको व्यहोरासमेत अनुरोध छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- डोटीको आदर्श गाउँपालिका–४, रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाट र उनकी २ वर्षीया छोरी अन्जुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।सोमबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू दुवै जनाको उपचार खर्च व्यहोर्ने जानकारी दिएको हो। लक्ष्मीका श्रीमानले पेट्रोलियम पदार्थ छर्केर सुतीरहेको अवस्थामा आगो लगाउँदा लक्ष्मी र अन्जु घाइते छन्। 

'घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारबाट व्यहोरिने र यस घटनामा संलग्न व्यक्ति उपचार कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने व्यहोरा अनुरोध गर्दै घाइते भाट र निजकी छोरी अन्जु भाटको शीघ्र स्वास्थ्य लाभको कामनासहित आगामी दिनमा यस प्रकारका घटना हुन नदिने तर्फ गृह मन्त्रालय कटिबद्ध रहेको व्यहोरासमेत अनुरोध छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सुतिरहेको समयमा जेठ १२ गते राति १२ बजेतिर पेट्रोलियम पदार्थ छर्किएर लक्ष्मीलाई उनकै श्रीमानले आगो लगाएका थिए। आगोले शरीरको आधा बढी भाग जलेकी लक्ष्मीलाई उपचारका लागि दीपायल राजपुरस्थित सुजङ्ग अस्पतालमा ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

घटनापछि फरार रहेका लक्ष्मीका श्रीमान सन्तोष भाट हालसम्म पनि सम्पर्कमा आएका छैनन्। उनीविरुद्ध लक्ष्मीका दाइले आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन्।

सोमबार लक्ष्मीको उपचारका लागि गणेशदत्त भट्ट, जितबहादुर खड्कालगायतले आर्थिक सहयोग गरेका थिए।

प्रकाशित: May 31, 2021| 14:38 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।