मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिममा कोरोनामुक्त हुने दर ७०.५८ प्रतिशत

सुदूरपश्चिममा कोभिड-१९ का नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

धनगढी- सुदूरपश्चिममा कोभिड-१९ का नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा २९५ जना कोरोना संक्रमित थपिँदा ९१८ जना निको भएका छन्। निको हुने दर ७०.५८ प्रतिशत हो। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४२ हजार ३९३ जना कोरोनाका संक्रमित फेला परेकोमा २९ हजार ९२२ जना निको भएर फर्किएका छन्। 

निर्देशनालयका अनुसार प्रदेशमा ११ हजार ९१७ सक्रिय संक्रमित छन्। जुन २८.२३ प्रतिशत हुन आउछ। कुल सक्रिय संक्रमितमध्ये १८५ जनाको प्रदेशका विभिन्न सरकारी अस्पतालमा उपचार भइरहेको छ। सोमध्ये १० जनाको भेन्टिलेटर र ४७ जनाको आईसीयूमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ। 

मृत्युदर एक प्रतिशत बढी

सोमबार प्रदेशका बिभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५०० पुगेको छ। 

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा २ जना तथा कञ्चनपुर, बैतडी र बाजुरामा १/१ जनाको मृत्यु भएको छ। पछिल्लो समय प्रदेशमा दैनिक मृत्यु हुनेको संख्या कम भए पनि कुल मृत्युदर १.१७ पुगेको छ।

प्रकाशित: May 31, 2021| 14:26 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।