मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमानले आगो लगाएकी लक्ष्मीलाई थप उपचारका लागि काठमाडौं लगियो

श्रीमानले आगो लगाएकी लक्ष्मीलाई थप उपचारका लागि काठमाडौं लगियो

श्रीमानले पेट्रोलियम पदार्थ छर्केर आगो लगाउँदा घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४, रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

धनगढी- श्रीमानले पेट्रोलियम पदार्थ छर्केर आगो लगाउँदा घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४, रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। उनीसँगै उनकी २ वर्षीया छोरीलाई पनि लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् लक्ष्मीलाई सोमबार काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मगरको समन्वयमा उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए। 

सुतिरहेको समयमा जेठ १२ गते राति १२ बजेतिर पेट्रोलियम पदार्थ छर्किएर लक्ष्मीलाई आगो लगाइएको थियो। आगोले शरीरको आधा बढी भाग जलेकी लक्ष्मीलाई उपचारका लागि दीपायल राजपुरस्थित सुजङ्ग अस्पतालमा ल्याइएको थियो। १३ गतेदेखि उनको र छोरीको उपचार भइरहेको थियो।

अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै बाहिर लैजान भने पनि आर्थिक अभावका कारण अन्यत्र लग्न नसकेका लक्ष्मीका दाइ तेजबहादुर ठकुल्लाले बताए।

घटनापछि फरार रहेका लक्ष्मीका श्रीमान सन्तोष भाट हालसम्म पनि सम्पर्कमा आएका छैनन्। उनीविरुद्ध लक्ष्मीका दाइले आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन्।
सोमबार लक्ष्मीको उपचारका लागि गणेशदत्त भट्ट, जितवहादुर खड्कालगायतले आर्थिक सहयोग गरेका थिए।

प्रकाशित: May 31, 2021| 13:43 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।