मंगलबार, भदौ ९, २०८३

'उज्ज्वल थापाको अवस्था जटिल, उपचार जारी'

'उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ,' ट्विटमा उनले लेखेका छन्, 'अत्यन्त जटिल  स्थितिमा पनि चिकित्सकहरु हरसम्भव प्रयासमा छन्।'
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डले पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको जानकारी दिएका छन्। सोमबार बेलुका ५:४५ बजेसम्म उनको स्वास्थ्य अवस्थामा सुधार नआएको उनले जानकारी दिएका हुन्। 

'उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र एक्मो विधिबाट जारी छ,' ट्विटमा उनले लेखेका छन्, 'अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसम्भव प्रयासमा छन्।'

मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ। भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार जारी रहेको संयोजक पाण्डेले बताए। 

सोमबारै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कोरोना संक्रमणपछि स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको हो। 

प्रकाशित: May 31, 2021| 13:38 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।