मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध

साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध

'नेपाल सरकारले मिति २०७८ श्रावण १ देखि लागू हुने गरी प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्रीवितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ,' विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- सरकारले ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने भएको छ। वातावरण विभागले विज्ञप्ति जारी गर्दै आगामी साउन १ गतेबाट लागू हुने गरी प्लास्टिकका झोला प्रतिबन्ध लगाइने जानकारी दिएको हो। वातावरणीय प्रदूषण न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको विभागको भनाइ छ। 

'नेपाल सरकारले मिति २०७८ श्रावण १ देखि लागू हुने गरी प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्रीवितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ,' विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका सामग्री उत्पादन उद्योगले पुरानो मेसिनको सट्टा नयाँ मेसिन जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्थासमेत गरेको छ। आगामी आवका लागि जेठ १५ गते गरिएको बजेट वक्तव्यमा उक्त विषय समावेश छ। 

प्रकाशित: May 31, 2021| 13:10 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।