मंगलबार, भदौ ९, २०८३

वरिष्ठ अधिवक्ताहरूले न्यायालयमा तमासा देखाए : ओली 

ओलीले प्रश्न गरे, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन्? यो गम्भीर विषय हो।’
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन व्यवसायीहरुले न्यायाधीश छान्ने मात्र नभई फैसला पनि आफैंले गर्छौं भनेर न्यायालयमा तमासा देखाइरहेको आरोप लगाएका छन्। आलीले सोमबार युवा संघको केन्द्रीय सचिवालयको बैठकमा सम्बोधन गर्दै कानुन व्यवसायीमाथि यस्तो आक्रोश पोखेका हुन्। 

ओलीले प्रश्न गरे, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन्? यो गम्भीर विषय हो।’  

संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सहभागी न्यायाधीशबारे कानुन व्यवसायीहरूले नैतिकताको प्रश्न उठाएको विषयप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो। उनले विपक्षी गठबन्धनसँग आबद्ध वरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको आरोप लगाए। उनले भने, ‘आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइरहेका छन्।’ 

प्रधानमन्त्री ओलीले सरकार चारैतिरबाट घेरिएको भन्दै त्यसलाई चिर्न पार्टीका युवालाई निर्देशन दिए। उनले भने, ‘सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको त्यसलाई तपाईंहरूले चिर्नुपर्छ।’

ओलीले पूर्वप्रधानन्यायाधीशहरूले वक्तव्यबाजी गरेर ताण्डव देखाइरहेको आरोप लगाए। उनले प्रश्न गरे, ‘राज्यको पेन्सन खाएर न्यायालायको हुर्मत लिने तर आफ्नो कार्यकालमा केही नगर्ने? अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने?’ 

प्रधानमन्त्री ओलीले सरकार चारैतिरबाट घेरिएको भन्दै त्यसलाई चिर्न पार्टीका युवालाई निर्देशन दिए। उनले भने, ‘सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको त्यसलाई तपाईंहरूले चिर्नुपर्छ।’ ओलीले आफूहरुले मिडिया हाउस  स्थापना नगरेको र मिसन पत्रकारिता पनि नगर्ने बताए। उनले भने, ‘हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौं। स्वतन्त्र, निष्पक्ष, स्वच्छ, मर्यादित, देश र जनताप्रति उत्तरदायी पत्रकारितामा विश्वास गर्छौं।’

उनले लोकतन्त्रलाई जिताउने कार्य सरकारको पहिलो कर्तव्य रहेको बताए। ओलीले भने, ‘हामी चुनावका लागि भनेर पपुलिस्ट र भोट आकर्षित गर्ने काम गर्दैनौं।’ पार्टी वा व्यक्तिले चुनाव हार्ने नहार्ने भन्दा पनि लोकतन्त्रलाई जिताउने कर्तव्य सरकारको रहेको उनको भनाइ थियो। 

न्यायाधीशद्वय केसी र श्रेष्ठले संवैधानिक इजलास छाड्न मानेनन् 

प्रकाशित: May 31, 2021| 12:39 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।