मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युथ फाउन्डेसनको सक्रियतामा चिकित्सकीय सेवासहितको आइसोलेसन सञ्चालन

युथ फाउन्डेसनको सक्रियतामा चिकित्सकीय सेवासहितको आइसोलेसन सञ्चालन

नेपाल युथ फाउन्डेसनले ललितपुर महानगरपालिका र पाटन अस्पतालसँगको सहकार्यमा सुनाकाेठीमा ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- नेपाल युथ फाउन्डेसनले ललितपुर महानगरपालिका र पाटन अस्पतालसँगको सहकार्यमा सुनाकाेठीमा ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ।

कोरोना संक्रमण भएर घरमै बसिरहेका, सुरक्षित आइसोलेसनको व्यवस्था नभएका र अस्पतालको सघन उपचारपछि सुधारोन्मुख अवस्थामा रहेका बिरामीका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।

आइसोलेसन सेन्टर हेरिरहेका डा. छविन्द्र गैरेले अस्पतालमा बेड र अक्सिजनको अभाव भइरहेको अवस्था र घरमै बसिरहेका संक्रमितहरुलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर स्थापना गरिएको बताए।

‘घरमा भएका र अस्पतालको सघन उपचार कक्षबाट फर्किएका संक्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका हौं’, डा. गैरेले नेपाल समयसँग भने, ‘हामीले आइसोलेसन सेन्टरभन्दा पनि उपचार कक्षको रुपमा काम गरिरहेका छौं।’

आइसोलेसन सेन्टरसँग एम्बुलेन्स सेवा तथा चिकित्सकसहित स्वास्थ्यकर्मी २४सै घण्टा उपलब्ध रहेको उनले बताए।
सेन्टरमा दुईवटा एचडीयूसहित ५० शय्या छन्।

‘हामीले सेवा सुविधा भएको गुणस्तरयुक्त आइससोलेसन सेन्टर स्थापना गरेका हौं’, डा. गैरेले भने, ‘कोभिड–१९ का लागि स्थापना गरिएको भए पनि सम्पूर्ण बिरामीलाई इमर्जेन्सीका लागि चाहिने औषधिको व्यवस्था गरेका छौं।’

उनका अनुसार आइसोलेसन सेन्टरमा अहिलेसम्म १२१ जना बिरामी आएका छन्। जसमध्ये ७५ जना निको भई घर फर्किसकेका छन्।

जस्तोसुकै बिरामी आए पनि उपचार गर्ने क्षमता रहेको भन्दै गैरेले आफ्नै एम्बुलेन्समा बिरामीलाई अस्पताल पुर्‍याउनसमेत काम गरिरहेको जानकारी दिए।

आइसाेलेसन सेन्टर पुगेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन

प्रकाशित: May 31, 2021| 12:03 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।