काठमाडौं- शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो।
सरकारले कक्षा १२ सम्मलाई माध्यामिक तह भने पनि एसईई पनि राष्ट्रिय परीक्षण बोर्डबाट लिने गरिएको छ।
