मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : स्थानीय तहमा विपक्षी गठबन्धनको अग्रता

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : स्थानीय तहमा विपक्षी गठबन्धनको अग्रता

सत्तारुढ केपी शर्मा ओलीपक्षीय एमालेका तर्फबाट उम्मेदवार बनेका चन्द्रबहादुर खड्काले १६९२ मत प्राप्त गरेको प्रदेश निर्वाचन आयोगका निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए। पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

बुटवल- राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा स्थानीय तहतर्फ विपक्षी गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्।विपक्षी गठबन्धनका तर्फबाट नेपाली काग्रेसका दृगनारायण पाण्डेले स्थानीय तहबाट २१२४ मतभार प्राप्त गरेका हुन्।

सत्तारुढ केपी शर्मा ओलीपक्षीय एमालेका तर्फबाट उम्मेदवार बनेका चन्द्रबहादुर खड्काले १६९२ मत प्राप्त गरेको प्रदेश निर्वाचन आयोगका निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए। पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

३ सय मतदातामध्ये २९७ जनाले मतदान गरेका थिए। स्थानीय तहका ३ जना जनप्रतिनिधि भने मतदानमा उपस्थित भएका थिएनन्।

स्थानीय तहतर्फको मतगणना सकिएपछि प्रदेशसभाको गणना सुरु भएको छ। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको मतभार १८ हुने हुने व्यवस्था छ।

प्रकाशित: May 31, 2021| 10:27 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।