मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइतबार दोहोरो रेकर्ड ब्रेक गरेको नेप्से ४५ अंकले घट्यो सोमबार

आइतबार दोहोरो रेकर्ड ब्रेक गरेको नेप्से ४५ अंकले घट्यो सोमबार

आइतबार सूचक र कारोबार रकमको रेकर्ड बनाएको नेप्से सोमबार भने ४५ अंकले घटेको छ। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- आइतबार सूचक र कारोबार रकमको रेकर्ड ब्रेक गरेको नेप्से सोमबार भने ४५ अंकले घटेको छ। आइतबार ऐतिहासिक बिन्दु (२८२७.९३) मा पुगेको नेप्से सोमबार भने २७८२.८६ अंकमा झरेको हो। 

सोमबार नेप्सेमा १३ अर्ब ९० करोड ९१ लाख १३ हजारको कारोबार भएको छ। नेप्सेमा सोमबार जलविद्युत समूहको उपसूचक सर्वाधिक घटेको छ। जलविद्युत उपसूचक ४.३१ प्रतिशतले घटेको हो। 

सोमबार सबैभन्दा बढी राधी विद्युत कम्पनीको कारोबार भएको छ। कम्पनीको ९१ करोड ८ लाखको कारोबार भएको हो। 

प्रकाशित: May 31, 2021| 10:16 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्