मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको निष्कर्ष– जनमत प्रभावित गर्ने दुराशयसहित बजेट आयो

कांग्रेसको निष्कर्ष– जनमत प्रभावित गर्ने दुराशयसहित बजेट आयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनमत प्रभावित गर्ने दुराशयसहित सरकारले बजेट ल्याएको आरोप लगाएको छ। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनमत प्रभावित गर्ने दुराशयसहित सरकारले बजेट ल्याएको आरोप लगाएको छ। 

बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै कांग्रेसले कार्यान्वयन हुन नसक्ने र सस्तो लोकप्रियता कमाउने हेतुले सरकारले बजेट ल्याएको आरोप लगाएको हो। 

पार्टी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा छाया अर्थमन्त्रीसमेत रहेका नेता डा. मीनेन्द्र रिजालले कर्णप्रिय नाराको आवरण दिएर देशको ऋण मात्रै बढाउने काम सरकारले गरेको दाबी गरे। पार्टीको वक्तव्य पढेर सुनाउँदै उनले सरकारले लिएका राजस्वका लक्ष्यहरु सफल नहुने जिकिर गरे। 

उनले यो सरकार अलोकप्रियताको सबैभन्दा गहिरो बिन्दुमा पुगेकाले लोकप्रिय होला कि भनेर कांग्रेसलाई चिन्ता नभएको टिप्पणी गरे। उनले भने, ‘हामीलाई देश र जनताको चिन्ता छ। जनता कोरोनाको कहरमा छन्, अर्थतन्त्र अझ बिग्रिने खतरा छ।’ देशलाई भद्रगोल अवस्थामा पुर्याउने सरकारको हैसियत चुनावले बताउने उनको भनाइ थियो।

प्रकाशित: May 31, 2021| 09:51 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।