मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा ३ मतदाता अनुपस्थित, २७ संक्रमितले पनि गरे मतदान

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा ३ मतदाता अनुपस्थित, २७ संक्रमितले पनि गरे मतदान

उपनिर्वाचनमा २७ जना कोरोना संक्रमितले पनि मतदान गरेका छन्। यीमध्ये ३ जना प्रदेश सांसद हुन् भने २४ जना स्थानीय तहका जनप्रतिनिधि हुन्। कोभिड संक्रमितहरूका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनीमा भएको उपनिर्वाचनमा ३ जना मतदाता अनुपस्थित भएका छन्। कुल ३ सय मतदातामध्ये २९७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा स्थानीय तहका ३ जना जनप्रतिनिधिले भने मतदानमा सहभागिता नजनाएका हुन्।

उपनिर्वाचनमा २७ जना कोरोना संक्रमितले पनि मतदान गरेका छन्। यीमध्ये ३ जना प्रदेश सांसद हुन् भने २४ जना स्थानीय तहका जनप्रतिनिधि हुन्। कोभिड संक्रमितहरूका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो। 

उपनिर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। केपी शर्मा ओलीपक्षीय एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्। 

प्रकाशित: May 31, 2021| 09:38 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।