मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोपका लागि राष्ट्रपतिले चिठी पठाउनु सरकारको कमजोरी : कांग्रेस

खोपका लागि राष्ट्रपतिले चिठी पठाउनु सरकारको कमजोरी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको खोपका लागि विभिन्न राष्ट्रहरुलाई पत्र पठाउनु सरकारकै कमजोरी भएको बताएको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको खोपका लागि विभिन्न राष्ट्रहरुलाई पत्र पठाउनु सरकारकै कमजोरी भएको बताएको छ।

पार्टी संसदीय दलको कार्यालयमा आज सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले सरकारको आलोचना गरेको हो। ‘राष्ट्रपतिले पत्र पठाएर खोप आउँछ भन्ने सरकारको कमजोरी हो। बिना कुनै कूटनीतिक तयारी चिठी पठाउँदैमा खोपको जोहो हुन्छ भन्ने अनुत्तरदायी सोच सरकारमा देखियो,’ कांग्रेस नेता मीनेन्द्र रिजालले पार्टीको प्रेस विज्ञप्ति पढेर सुनाउँदै भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनदेखि विभिन्न राष्ट्र प्रमुखहरुलाई पत्र पठाएर नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्दै आएकी छन्। कोरोना नियन्त्रणमा प्रधानमन्त्री ओलीको हल्का प्रस्तुति र कदमले अप्ठेरो पारेको उनले बताए।

गएको माघ १४ गते प्रधानमन्त्री केपी ओलीले ३ महिनाभित्र सबै नेपालीलाई कोरोनाको खोप दिलाउने घोषणा गरे पनि ४ महिना बितिसक्दा २ लाख ३२ हजारले मात्र दुवै डोज खोप पाएको रिजालले बताए। 

कांग्रेसले १५ जेठमा अर्थमन्त्रीले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो। 

प्रकाशित: May 31, 2021| 09:40 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।