मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीशद्वय केसी र श्रेष्ठले संवैधानिक इजलास छाड्न मानेनन् 

न्यायाधीशद्वय केसी र श्रेष्ठले संवैधानिक इजलास छाड्न मानेनन् 

इजलास नछाड्ने दुई न्यायाधीशको अडानसँगै प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाइ प्रक्रिया थप पेचिलो बनेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने भएका छन्। इजलास नछाड्ने दुई न्यायाधीशको अडानसँगै प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाइ प्रक्रिया थप पेचिलो बनेको छ।

न्यायाधीशद्वयको यस्तो निर्णयपछि आवश्यक छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशहरुको बैठक डाकेका छन्। सर्वोच्च अदालत उच्च स्रोतका अनुसार प्रधानन्यायाशीले संवैधानिक इजलासको रोस्टरमा रहने सबै न्यायाधीशहरुसँग छलफल गर्न लागेका हुन्।

न्यायाधीशको नैतिकतामा रुमल्लिँदा अड्किएको सुनुवाइ

प्रतिनिधिसभा विघटन सम्बन्धीको मुद्दामा सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासमा केसी र श्रेष्ठको सहभागितालाई लिएर शुक्रबार र आइतबार कानुन व्यवसायीले प्रश्न उठाएका थिए। आइतबार प्रधानन्यायाधीशले इजलासमै श्रीमानहरुले आफैं निर्णय गर्नुहुन्छ भन्दै बेन्च सकिएको थियो।

साँझसम्म पनि कुनै निर्णय नआएपछि सोमबारका लागि निर्णय दिने भनिएको थियो। दुवै न्यायाधीशले इजलासबाट आफूहरु नबाहिरिने संकेत गरेपछि सर्वोच्चमै यस विषयमा विवाद देखिएको छ। अन्य न्यायाधीशहरुले इजलासमा सहभागिताको विषयमा प्रश्न उठिसकेपछि बस्न नहुने सुझाव दिए पनि केसी र श्रेष्ठले भने नबाहिरिने निर्णयमा पुगेपछि सबै न्यायाधीशको बैठक बस्न लागेको हो।

प्रकाशित: May 31, 2021| 09:16 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।