सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली पक्षका कार्यकर्ताको साइबर हमलामा निवर्तमान सांसद कलिला खान

Siddartha premir insuranceSiddartha premir insurance

ओली पक्षका कार्यकर्ताको साइबर हमलामा निवर्तमान सांसद कलिला खान

सामाजिक सञ्जालमा उनलाई ‘माधव नेपाललाई भात खुवाएको भरमा सांसद भएको, ५ कक्षा पनि नपढेको, भारतीय दलाल’ लगायतका धेरै नै आरोपहरु लगाइएको छ। उनको समर्थन र विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफैं–आफैं बाझाबाझ गरेको पनि देख्न सकिन्छ। 
 |  सोमबार, जेठ १७, २०७८
nespernesper

विभु भुसाल

विभु भुसाल

सोमबार, जेठ १७, २०७८

पोखरा– नेकपा (एमाले)को माधव नेपाल पक्षकी निवर्तमान सांसद कलिला खान साइबर हमलामा परेकी छन्। तनहुँको दमौली स्थायी घर भएकी खान सोही पार्टीको केपी ओली समूहका कार्यकर्ता तथा सांसदबाट साइबर हमलामा परेकी हुन्। 

triton college

सामाजिक सञ्जाल फेसबुकमा उनलाई लक्षित गर्दै गालीगलौज गरिएका दर्जनौं पोष्टहरुको स्क्रिनसट उनले सुरक्षित राखेकी छन्। साइबर हमलामा दमौलीमा सक्रिय पत्रकार पनि संलग्न रहेको उनले बताएकी छन्।

यसबारेमा उनी उजुरी गर्न आइतबार जिल्ला प्रशासन कार्यालय दमौलीमा पनि पुगेकी थिइन्। तर, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले साइबर अपराधसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले मात्रै हेर्ने भएकाले उतै जान सुझाव दिएर फर्काइदिएको उनले नेपाल समयसँग बताइन्। 

‘मेरो गुनासो सुन्नुभयो, तर उजुरी लिन मान्नुभएन,’ उनले भनिन्, ‘उजुरीको विषयमा काठमाडौं जानुपर्छ भन्नुभयो।’ उनले उजुरी लिन नमाने पनि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई ध्यानाकर्षण गराउनुपर्ने बताइन्। तर सीडीओले त्यति पनि नगरिदिँदा उनलाई दुःख लागेको छ।

पछिल्लो पटक उनकी छोरी आवद्ध रहेको समाधान हस्पिटललाई पनि जोडेर केपी ओली पक्षका कार्यकर्ताहरुले उनीविरुद्ध साइबर आक्रमण गरेको उनको आरोप छ। उक्त अस्पतालले पीसीआर विधिबाट कोरोना परीक्षण गरेको शुल्क बढी लिएको भन्दै उनीमाथि आक्रमण भएको हो। ‘अस्पतालमा छोरी कार्यरत छिन्, तर सामाजिक सञ्जालमा मविरुद्ध आक्रमण भइरहेको छ,’ उनको गुनासो छ। 

Metro Mart
vianet

खानले कार्यकर्ताका साथै तनहुँका सांसदहरुले पनि आफूलाई म्यासेन्जरमा गालीगलौज गर्ने गरेको आरोप उनले लगाइन्। गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित सांसद भगवती न्यौपानेले आफूलाई म्यासेन्जरमा थर्काएको उनको गुनासो छ। त्यसले आफूलाई निकै चित्त दुखेको उनले सुनाइन्।

प्रतिनिधिसभामा तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठलाई पनि उनले यसबारेमा गुनासो गरेकी थिइन्। तर उनले ‘कुकुरले कसैलाई टोक्यो भनेर आफूले कुकुरलाई टोक्न नजाने’ भन्दै थर्काएर पठाइदिएको उनको गुनासो छ। 

सामाजिक सञ्जालमा तनहुँका ओलीपक्षीय कार्यकर्ताको अपमान सहन नसकेर उनी जिल्ला प्रशासन कार्यालयमा गएकी थिइन्। सामाजिक सञ्जालमा आफ्नो अपमान भएको जानकारी उनले आफ्नो समूहका नेता माधवकुमार नेपाललाई पनि गराइसकेकी छिन्। तर, नेपालले केही प्रतिक्रिया दिएका छैनन्। 

‘अहिले सामाजिक सञ्जालमा जति पनि आक्रमणहरु भएका छन्, उनीहरुलाई मेरो राजनीतिक इतिहास थाहा नभएकाले हो,’ उनले भनिन्। उनले आफू २०५० सालदेखि राजनीतिमा लागेको बताउँदै नेकपा एमालेको लागि धेरै त्याग गरेको दाबी गरिन्। 

तनहुँमा माधव नेपाल पक्षका अरु पनि नेताहरु भएको बताउँदै उनले मुस्लिम समुदायको भएकाले आफैंलाई छानेर आक्रमण गरिएको जिकिर गरिन्। ‘अरु समुदायको भएको भए यति साह्रो हेपिने थिएनन् होला, तर म मुस्लिम अल्पसंख्यक समुदायको भएकाले यसरी हेपियो,’ उनले भनिन्। 

सामाजिक सञ्जालमा उनलाई ‘माधव नेपाललाई भात खुवाएको भरमा सांसद भएको, ५ कक्षा पनि नपढेको, भारतीय दलाल’ लगायतका धेरै नै आरोपहरु लगाइएको छ। उनको समर्थन र विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफैं–आफैं बाझाबाझ गरेको पनि देख्न सकिन्छ। 

सामाजिक सञ्जालमा आफूमाथि भएको आक्रमणबारे समयले नै जवाफ दिने उनले बताएकी छन्। अहिले केपी ओली सत्तामा भएको बेला केही दिनको चुरिफुरी देखाए पनि घटनाक्रमले यसको उत्तर आफैं दिने खान बताउँछिन्।

नेकपा एमालेको राजनीतिमा आफ्नो योगदान र त्याग नदेख्नेहरुले यस्तो गरेको उनको टिप्पणी छ। ‘दमौलीमै आएर पनि बुझ्न सक्नुहुन्छ, नेकपा एमालेको लागि मैले गरेको त्याग र मैले पाएका हण्डरहरु,’ अहिले आएर आफूमाथि साइबर आक्रमण हुँदा चित्त दुखेको सुनाउँदै उनले भनिन्।

कलिला खानले संकलन गरेर राखेका साइबर आक्रमणका केही स्क्रिनसट

 

 

 

 

 

 

प्रकाशित: May 31, 2021| 09:08 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।