मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सात जनालाई कारबाही सिफारिस

सुदूरपश्चिमका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सात जनालाई कारबाही सिफारिस

नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका तीन मन्त्री, तीन राज्यमन्त्री र सचेतकसमेत गरेर सात जनालाई कारबाहीको सिफारिस गरेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका तीन मन्त्री, तीन राज्यमन्त्री र सचेतकसमेत गरेर सात जनालाई कारबाहीको सिफारिस गरेको छ।

प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले स्पष्टीकरणको जवाफ नआएपछि आवश्यक कारवाहीका लागि केन्द्रमा सिफारिस गरिएको जानकारी दिए। 

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि सिफारिस गरिएको हो। 

त्यस्तै एमाले प्रदेशसभाकी सचेतक दुर्गाकुमारी कामीलाई पनि कारबाहीको सिफारिस गरेको उनले जानकारी दिए। उनका अनुसार भोलि बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकले यसबारे आवश्यक निर्णय लिनेछ।

एमालेले यसअघि प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रकाश शाह, कृष्णराज सुवेदी र माया भट्टलाई पनि कारवाहीका लागि सिफारिस गरिसकेको छ।

प्रकाशित: May 31, 2021| 08:47 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।