काठमाडौं– औषधी कालोबजारी गरेको आरोेपमा एक जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१५ स्थित जनता मेडिकल स्टोरका सञ्चालक ३५ वर्षिय रवीकुमार रजाकले औषधीमा कालोबजारी गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
रजाकले विभिन्न औषधी तथा खोलहरु संकलन गरी औषधीमा कालोबजारी गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
रजाकको घरमा छापा मार्दा प्रहरीले फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धि औषधी, पेन किलर, एन्टिबायोटिक, इन्जेक्सन, बच्चाको कफ सम्बन्धि औषधी र सेनीटाइजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेबलिङ गरेका औषधीका खोलहरु भण्डारण गरी राखेको अवस्थामा बरामद गरेको छ।
प्रहरीले रजाकलाई नियन्त्रणमा लिई उनीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम थप अध्ययन अनुसन्धान गरिरहेको बताएको छ।
