मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तामा रहेको नेतृत्वकै कारण उपलब्धि गुम्ने खतरा नआओस् : अष्टलक्ष्मी शाक्य

सत्तामा रहेको नेतृत्वकै कारण उपलब्धि गुम्ने खतरा नआओस् : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी नेतृ एवम् बागमती प्रदेससभा सदस्य अष्टलक्ष्मी शाक्यले सत्तामा रहेको नेतृत्वकै कारण प्राप्त उपलब्धि गुम्ने खतरा आउन नहुने बताएकी छन्।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौ– नेकपा एमालेकी नेतृ एवम् बागमती प्रदेससभा सदस्य अष्टलक्ष्मी शाक्यले सत्तामा रहेको नेतृत्वकै कारण प्राप्त उपलब्धि गुम्ने खतरा आउन नहुने बताएकी छन्।

बागमती प्रदेशसभाको प्रि–बजेट छलफलमा बोल्दै शाक्यले संविधान नै संकटमा पर्ने अवस्था बनिरहेको बताइन्। ‘आज प्रतिनिधिसभा छैन। संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन स्थापित भएको संस्था गुमेको छ,’ उनले भनिन्, ‘अहिले देशको परिस्थिति सहज छैन। संकट देखा परेको छ। जनप्रतिनिधि भएकाले उपलब्धि रक्षा गर्ने दायित्व हाम्रो हो।’

लहड र दम्भमा कसैले पनि व्यवस्थामाथि धावा बोल्न नहुने उनको भनाइ छ। ‘व्यवस्था परिवर्तनलाई बचाउन सक्यो भनेमात्रै देशले मुहार फेर्ने छ। होइन भने संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, अखण्डता हाम्रो संविधान गुम्न स्थिति नआओस्,’ उनले भनिन्, ‘सत्तामा भएको नेतृत्वकै कारणले अप्ठ्यारो परिस्थिति नआओस्। कसरी बचाउन त्यसतर्फ सबैको ध्यान जानु आवश्यक छ।’
 

प्रकाशित: May 31, 2021| 07:27 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।