मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सिफारिस

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सिफारिस

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयलाई आन्तरिक मूल्यांकनबाट सञ्चालन गर्ने विभिन्न विकल्पसहित मन्त्रालयलाई सिफारिस गरेको छ। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयलाई आन्तरिक मूल्यांकनबाट सञ्चालन गर्ने विभिन्न विकल्पसहित मन्त्रालयलाई सिफारिस गरेको छ। 

एसईई र कक्षा १२ को परीक्षा स्थगित भएपछि परीक्षाको मोडालिटीबारे अध्ययन गर्न बनेको कार्यदलले बोर्डलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनमा भएका विभिन्न परीक्षा सञ्चालन गर्ने विकल्पहरूमध्ये छलफल गरेर बोर्डले मन्त्रालयलाई सिफारिस गरेको हो। 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार बोर्डले प्रस्तुत गरेका विकल्पमध्ये कुन विकल्पलाई छनोट गर्ने भन्ने विषयमा आइतबार मन्त्रालयमा छलफल भएको तर, निष्कर्ष ननिस्किएकाले सोमबार पनि यस विषयमा छलफल गर्ने एउटा निष्कर्षमा पुगेपछि मन्त्रिपरिषद्मा पेस गरिने बताए।

उनले भने, ‘एसईईको विषयमा विद्यालयले मूल्यांकन गर्ने भए पनि विगतको भन्दा पद्धति फरक हुने र कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्ने वा वैकल्पिक विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा छिट्टै टुंगाे लगाउँछौं।’ 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा बनेको कार्यदलले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइकन नै वैकल्पिक विधिमार्फत् परीक्षा लिन विभिन्न विकल्प र सुझावसहितको प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डलाई बुझाएको थियो।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शिक्षा मन्त्रालयले यसबारे छलफल गरेर निर्णय गराउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने र त्यसपछि मात्रै परीक्षा कसरी गर्ने भन्नेबारे टुंगाे लाग्ने बताए। उनले भने ,‘वैकल्पिक विधिबाट एसईई गर्न मन्त्रालयसँग अनुमति मागेका छौं। विगतको भन्दा केही फरक तरिकाले एसईई परीक्षाको मूल्यांकन हुन्छ। परीक्षा विद्यालयका शिक्षकले नै लिने हो। वैकल्पिक माध्यमबाट अन्तर्वार्ता र आन्तरिक परीक्षाको मूल्यांकनबाट विद्यार्थीलाई ग्रेडिङ गर्ने विभिन्न विकल्प देखिएका छन्। मन्त्रालयमा पठाएका छौं। कुन विधि अपनाउने भन्ने मन्त्रालयले छलफल गरेर निर्णर्यार्थ प्रस्तुत गर्छ।’

यता कक्षा १२ को परीक्षा अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त हुने भएकाले उपयुक्त समय तोकेर भौतिक रुपमा नै गर्ने वा वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्ने विषयमा कार्यदलले सुझाव दिएको छ। बोर्डले कक्षा १२ को परीक्षा भने विभिन्न मूल्यांकन विधि अपनाएर भए पनि परीक्षा सञ्चालन गनुपर्ने सहितको प्रतिवेदनमा सुझाव दिएको छ।

प्रकाशित: May 31, 2021| 06:35 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।