सोमबार, असार २९, २०८३

लाभ र खर्चको तराजुमा विश्वकप फुटबल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप २०१८ को आतिथ्य मुलुक रुसले ११ अर्ब ६० करोड डलर खर्च गर्दैछ, जुन हालसम्मकै विश्वकप इतिहासको सबैभन्दा बढी खर्च हो । 

उक्त रकम रुसको मुद्रा रुबेलमा ६ खर्ब ७८ अर्ब हो । अधिक खुला भएको रुसको पहिचान विश्वसामु प्रस्तुत गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिज्ञा पूरा हुँदैछ, विश्वकपमार्फत् । रुसकै सोचीमा भएको सन् २०१४ को शीतकालीन ओलम्पिकमा ५१ अर्ब डलर खर्च भएको थियो । 

फिफा विश्वकपलाई विश्वव्यापी मन पराइने र महँगो खेलका रूपमा चिनिन्छ । ११ अर्ब ६० करोड डलरमा यातायात, सुरक्षा र स्वास्थ्य शीर्षकका खर्च पनि पर्छन् । 

यस विश्वकपसँग जोडिएको वाणिज्य चक्रका कारण फिफाको ६ अर्ब डलरको बढोत्तरी हुनेछ, जुन पाँच दशमलव ६५ डलरको लक्ष्य हो । यस्ता टुर्नामेन्ट फिफाका आयको मुख्य स्रोत हुन् । तर, यो लक्ष्य ब्राजिल विश्वकपको समयमा फिफाले 'बुक' गरेको पाँच दशमलव ७२ अर्ब डलरको तुलनामा केही रुढीवादी थियो । 

मे २०१५ पछि अमेरिकी र स्विस संघीय जाँचबाट फिफाको घुस प्रकरण सार्वजनिक भएको थियो । त्यसमा अन्तर्राष्ट्रिय फुटबल नेताहरू जोडिएका थिए । उक्त प्रकरणपछि प्रायोजकहरू फिफाका लागि हस्ताक्षर गर्न डराउँदै आएका छन् । 

होस्टिङ अधिकारहरू सम्मानित अवस्थामा रहेको डिसेम्बर २०१० सम्म फिफा र रुसका लागि राम्रो समय थियो । दक्षिणअफ्रिकामा भएको सन् २०१० को विश्वकप ज्यादा सहज थियो । र, चार वर्षको अवधिमा ६३ करोड १० लाख डलर फिफाले लाभ प्राप्त गरेको थियो । सन् २००६ को विश्वकपमा फिफाको कमाइ ७० करोड डलर थियो । 

कच्चा इन्धनको मूल्य एक सय डलर प्रतिब्यारेल आसपास रहनु रुसका लागि विश्वकपको खर्च ह्वात्तै बढाउने कारक बनेको छ । 

मे २०१५ मा तेलको मूल्यमा गिरावट आएको थियो । तर, क्रिमिया कब्जामा लिएका कारण रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्यो । र, रुसी बैंक र व्यापारीहरू मारमा परे । सन् २०२२ मा कतारमा हुने विश्वकपमा प्रायोजन प्याकेज बिक्री गर्ने फिफाको प्रयास पनि रोकिएको छ । 

विश्वभरबाट ओइरिएका फुटबल क्रेजीहरूले १२ दिन बिताउने आयोजकहरूको अपेक्षा छ । विश्वकप छनोटमा नपरेका मुलुकका नागरिक पनि खेल हेर्न रुस पुग्नेछन् । 

यसपटकको विश्वकपमा हुने खर्च दुई सय ११ वटा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा बढी हो । रुसी अर्थतन्त्रमा यसको लाभ धेरै पछाडिसम्म देख्न पाइनेछ । २०१३-२०२३ को बीचमा २.०९ लाख करोड डलर फाइदा हुनेछ ।

विश्वकपकै लागि १५ लाख विदेशी पर्यटक रुसमा भित्रिनेछन् । र, यसबीचमा पर्यटन व्यवसाय चार सय प्रतिशत बढ्नेछ । 

बंगलादेशले चार खर्ब ५० करोड डलरको स्र्पोट्स वेयर बिक्री गरेको छ भने पाकिस्तानले दुई खर्बको फुटबल बेचेको छ । बंगलादेशका धेरै कम्पनीले युरोपेली खेलाडीहरूका लागि स्र्पोटस वेयर बिक्री गर्दै आएका छन् । विश्वकपको बल पाकिस्तानमा बनेको हो । 

गत शनिबार मात्र विश्वकपका लागि एक घण्टाभित्र एक दशमलव २० लाख टिकट बिक्री भए । विदेशी प्रशंसकहरूले १५ लाख टिकट खरिद गरेका छन् । रुसी नागरिकहरूले आठ दशमलव सात लाख टिकट किनेका छन् । ८८ हजार टिकट अमेरिकी प्रशंसकहरूले किनेका छन् । ब्राजिलका नागरिकले ७२ हजार टिकट खरिद गरे । भारतीय नागरिकहरूले पनि २८ हजार टिकट किनेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्