मंगलबार, भदौ ९, २०८३

यसरी हुँदैछ दाङमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान जारी छ। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं - लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा मतदान जारी छ। 

बिहान १० बजेसम्ममा जम्मा १२२ मत खसेको छ। स्थानीय तहतर्फ ३५ महिला र ३६ पुरुषले मतदान गरेका छन्। प्रदेशसभातर्फ महिला २१ र पुरुष २७ जनाले मतदान गरेका छन्। त्यस्तै कोभिड केन्द्रमा तीनजना पुरुष मतदाताले मतदान गरेका छन्। 

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कोभिड पोजिटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ। निर्वाचनमा मतदान गर्ने मतदाताहरूले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ।  

उपनिर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्। पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। खड्का एमालेको ओली पक्षको समर्थनमा उठेका हुन्। 

निर्वाचनमा कुल मतदाता ३०० छन्, जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी २१७ मतदाता छन्।

उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चारजना मन्त्रीले पनि मत दिन पाउने भएका छन्। जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्वहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो।

प्रकाशित: May 31, 2021| 04:42 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।