काठमाडौं - आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए।
सिंहदबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदैछ।
कांग्रेसका नेताहरूले कामचलाउ सरकारले पूर्ण बजेट ल्याएको भन्दै विरोध गर्दै आएका छन्। तर, पार्टीले आधिकारिक रुपमा धारणा सार्वजनिक गरेको थिएन।
सरकारले अध्यादेशमार्फत् शनिबार आगामी वर्षका लागि १६ खर्बको बजेट प्रस्तुत गरेको थियो।
