काठमाडौं - ललितपुरको जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठ लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी टोलीले ५० ग्राम अवैध लागुऔषध एम्फेटामाइन आइससहित उनलाई पक्राउ गरेको हो।
उक्त लागुऔषध उनको कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ। उनीसँगै अमृता खड्का र परदु गुरुङ पनि पक्राउ परेका छन्।
उनीहरू अनुपकोमा लागुऔषध किन्न गएको बेला प्रहरीले पक्राउ गरेको हो। अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
अनुपको कोठाबाट प्रहरीले लागुऔषध तौलने डिजिटल तराजु, प्लाष्टिकका प्याकेट र तीन थरी मिश्रण गरेर प्रयोग गरिने लागुपदार्थ पनि बरामद गरेको छ।
