मंगलबार, भदौ ९, २०८३

सहमतिमै अलग हुन बाबुराम भट्टराईको प्रस्ताव

‘मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ।’
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडाैं - जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सहमतिमै पार्टी अलग बनाउन प्रस्ताव गरेका छन्। 

पार्टी विभाजनको संघारमा पुगेका बेला गएराति एक ट्विट गर्दै भट्टराईले जारी तमासा अन्त्य गरी टुक्रिएर बस्न प्रस्ताव गरेका हुन्।

‘हात मिलाएर आ-आफ्नो बाटो लागौं, हिँडिरहे फेरि भेट हुनेछ,’ भट्टराईले लेखेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ।’  उनले अहिले नयाँ ध्रुवीकरण गर्नुपर्ने बेला आएको पनि बताएका छन्। 

जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ।

 

प्रकाशित: May 31, 2021| 03:44 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।