काठमाडौं - नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ। बिहान १० बजेका लागि तोकिएको बैठक अब भोलि (मंगलबार) बिहान ११ बजे बस्ने छ।
यसअघि आइतबार अपरान्ह ५ बजेका लागि तोकिएको बैठक आजका लागि सारिएको थियो। बैठकमा विभिन्न समसायिक विषयमा छलफल हुने छ।
