मंगलबार, भदौ ९, २०८३

भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै

नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पुर्‍याएको भए पनि आइतबारदेखि त्यो क्रम भने घट्दो रहेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पुर्‍याएको भए पनि आइतबारदेखि त्यो क्रम भने घट्दो रहेको छ। 

यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। 'भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँठाउँमा भइरहन्छ', उनले भने, 'तर मौसम सुध्रने क्रममा छ।'

अहिले पनि काठमाडौंको केही भेगमा मौसम बद्ली रहेको छ। यस्तै प्रदेश १ र वाग्मती प्रदेशका केही भूभागमा पनि पानी परिरहेको छ। काठमाडौं केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ। 

दिउँसो भने खुलेको थियो। पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम वदली भइरहेको हो। यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ। तर सामान्य असर बाँकी नै छ। 

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए। पहाडी भूभागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ। 

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। 

मंगलबार भने देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित: May 31, 2021| 00:43 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।