मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उद्योग वाणिज्य महासंघले भन्यो- बजेट राम्रो तर कार्यान्वयन चुनौतीपूर्ण 

उद्योग वाणिज्य महासंघले भन्यो- बजेट राम्रो तर कार्यान्वयन चुनौतीपूर्ण 

नेपाल उद्योग वाणिज्य महासंघले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को संघीय बजेट सकारात्मक भएको प्रतिक्रिया दिएको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को संघीय बजेट सकारात्मक भएको प्रतिक्रिया दिएको छ।

आइतबार औपचारिकरूपमा विज्ञप्ति जारी गरी प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्दै उद्योग व्यवसायको पुनरूत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको भन्दै महासंघले सरकारको प्रशंसा समेत गरेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रस्तुत अधिकांश सुझाव समावेश गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई महासंघ स्वागत गर्दछ आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले भनेको छ, ‘नेपालीले कहिल्यै नभोगेको स्वास्थ्य जटिलतासँगैको आर्थिक समस्यासँग जुध्नु परिरहेको छ। यस्तो अवस्थामा बजेटको प्राथमिकताले सकारात्मक सन्देश दिएको छ।’

महासंघले सम्पत्ति अभिलेखीकरणसम्बन्धी बजेटले केही उल्लेख नगरेको, व्यक्तिगत आयकरमा कुनै छुट नदिएको, कच्चा पदार्थको भन्सार दर तयारी वस्तुभन्दा दुई तह कम हुनुपर्ने, विद्युत् डिमान्ड शुल्क निषेधाज्ञा अवधिभर पूर्ण रुपमा छुट हुनुपर्ने लगायतका कतिपय मागहरूको सम्बोधन भने बजेटमा नभएको पनि जनाएको छ।

महासंघका अनुसार आगामी आर्थिक वर्ष सुरु भएको चौथो महिनामा नै निर्वाचन तय भएकोले बजेट कार्यान्वयन विगत भन्दा चुनौतीपूर्ण छ। 

निजी क्षेत्रले व्यापार विस्तार गर्न नपाए राजस्वमा चाप पर्नेछ, त्यसैले सरकारले सबैभन्दा पहिले खोप सेवा विस्तार गरी निजी क्षेत्रलाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउनुपर्ने महासंघको सुझाव छ।

खोप विस्तार गरी निजी क्षेत्रले निर्वाध काम गर्न सक्ने वातावरण बन्ने हो भने सरकारले अपेक्षा गरेको आर्थिक वृद्धि हासिल हुन सक्ने पनि महासंघले जनाएको छ। 

प्रकाशित: May 31, 2021| 04:14 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।