मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशको एक महिना : काठमाडौंका सीडीओ कति सन्तुष्ट?

निषेध आदेशको एक महिना : काठमाडौंका सीडीओ कति सन्तुष्ट?

'तीव्र रुपमा फैलिने आकलन गरिएको काठमाडौं उपत्यकाको कोरोना संक्रमणलाई निषेध आदेशले धेरै हदसम्म रोकेको छ,' नेपाल समयसँगको कुरामा उनले भने, 'जेठ १४ गतेदेखि हामीले निषेध आदेशमा थप कडाइ गरेका छौं। यो जनतालाई दु:ख दिन होइन। जिउधनको सुरक्षाका लागि हो।'
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा जारी गरिएको निषेध आदेश एक महिना पुगेको छ। वैशाख १६ गतेदेखि जारी निषेध आदेश कोरोना नियन्त्रणमा प्रभावकारी बन्दै गएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

'तीव्र रुपमा फैलिने आकलन गरिएको काठमाडौं उपत्यकाको कोरोना संक्रमणलाई निषेध आदेशले धेरै हदसम्म रोकेको छ,' नेपाल समयसँगको कुरामा उनले भने, 'जेठ १४ गतेदेखि हामीले निषेध आदेशमा थप कडाइ गरेका छौं। यो जनतालाई दु:ख दिन होइन। जिउधनको सुरक्षाका लागि हो।'

निषेध आदेशको पूर्ण पालना गरेर सबै जनतालाई साथ दिन उनले आग्रह गरे। केही मानिसले कडा निषेश आदेशको विरोध गरिरहेको भए पनि त्यो हाम्रै जीवन रक्षाका लागि गरिएको हो भनेर बुझ्न उनको आग्रह छ।

पराजुलीले जीवन बचे जीवनभर नै मर्निङ-इभनिङ वाकका साथै अन्य गतिविधि गर्न पाइने भएकाले स्वास्थ्य सावधानी अपनाउनुपर्ने बताए। उनले सुरक्षा निकायले पनि निषेध आदेश पालनामा कडाइ गरेकोमा खुशी व्यक्त गरे। आगामी दिनमा अवस्था हेरेर निषेध आदेशलाई कसरी अगाडि बढाइने भन्ने विषयमा छलफल गरिने उनको भनाइ छ।

सीडीओ पराजुलीले काठमाडौं उपत्यकामा संक्रमित घटेको दाबी गरेपनि आइतबार मात्रै १ हजार ९३ जना कोरोनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्ला केही दिनमा नेपालमा कोरोना संक्रमण दर घटेजस्तो देखिन्छ। तर, परीक्षण नै कम भएकाले संक्रमण घटेजस्तो देखिएको हो। आइतबार नेपालमा ४ हजार ३६९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार १० हजार ९८६ पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य विद्हरूले पहिले २० हजारको हाराहारीमा पीसीआर परीक्षण हुने गरेको भएपनि अहिले आधा घटेकाको भन्दै संक्रमणको जोखिम कम नभएको बताउँदै आएका छन्। परीक्षण घटेको र मृत्यु दरमा कमी नआएकाले जोखिम घट्दो क्रममा रहेको भन्न नमिल्ने उनीहरूको तर्क छ।

प्रकाशित: May 30, 2021| 14:48 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।