मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा संसद् अधिवेशन बोलाउन ओलीपक्षीय एमालेको माग

कर्णालीमा संसद् अधिवेशन बोलाउन ओलीपक्षीय एमालेको माग

'बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ,' कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

सुर्खेत- नेकपा (एमाले) को केपी शर्मा ओली पक्षले तत्काल संसद अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। आइतबार बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जानकारी दिए।

'नीति तथा कार्यक्रम र बजेटबारे पर्याप्त छलफल गर्नका संसद अधिवेशन अधिवेशन आह्वान गर्न माग गरिएको हो,' उनले भने। असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ।

'बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ,' कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बजेट ल्याउनुअघि नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल गर्नुपर्ने भएका कारण तत्काल अधिवेशन बोलाउन माग गरिएको ओली पक्षीय एमालेको भनाइ छ।

No description available.

प्रकाशित: May 30, 2021| 14:33 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।