मंगलबार, असोज १३, २०८३

प्राइम बैंकको अध्यक्षमा पुनः श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले निरन्तरता पाएका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले निरन्तरता पाएका छन्।

बैंकको सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले श्रेष्ठलाई नै थप २ वर्ष अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो।

यसअघि २०७६ साल जेठ २७ गते बसेको सञ्चालक समितिको ३६६ औं बैठकले सञ्चालक श्रेष्ठलाई २ (दुई) वर्षको पदावधि कायम गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो। 

यसै विषयमा सञ्चालक समितिको बैठकले निज श्री राजेन्द्र दास श्रेष्ठको सञ्चालक समिति सदस्यको पदावधि रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने गरी मिति २०७८ साल जेठ १४ गते बसेको ४२२ औं बैठकले निर्णय गरेको बैंकले जनाएको छ।

प्रकाशित: May 30, 2021| 14:33 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्