मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उज्वलको स्वास्थ्यलाभको कामना गर्दै गगनले लेखे यस्तो ट्विट

उज्वलको स्वास्थ्यलाभको कामना गर्दै गगनले लेखे यस्तो ट्विट

नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले विवेकशील नेपाली दलका पूर्वसंयोजक उज्वल थापाको स्वास्थ्य लाभको कामना गर्दै ट्विट गरेका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले विवेकशील नेपाली दलका पूर्वसंयोजक उज्वल थापाको स्वास्थ्य लाभको कामना गर्दै ट्विट गरेका छन्।

नेपाल मेडिसिटी अस्पतालमा उपचाररत थापाको स्वास्थ्य लाभको कामना गर्दै गगनले भनेका छन्, ‘प्रिय उज्वल, तिम्रो परिवारसँगै, हामी साथी र शुभेच्छुक पनि तिम्रो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ। हामीलाई विश्वास छ, तिमी छिट्टै कोरोनालाई जितेर हाम्रो माझमा आउनेछौ।’  

यसैबीच, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि मेडिसिटी अस्पतालका चिकित्सकलाई फोन गरी नेता थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा उपचाररत थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको उनको परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ। अहिले थापाको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ। यसअघि उनको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार भएको थियो। अवस्था सुधार नभएपछि उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो।

‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भइरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ,’ आइतबार दिउँसो परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ।

प्रकाशित: May 30, 2021| 14:09 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।