मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिलो डोज कोभिसिल्ड लगाएका साढे १३ लाखलाई तत्काल दोस्रो डोज दिन सक्दैनौँ : सरकार

पहिलो डोज कोभिसिल्ड लगाएका साढे १३ लाखलाई तत्काल दोस्रो डोज दिन सक्दैनौँ : सरकार

'कोभिसिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले ‘दोस्रो खोप कहिले पाउने ?’ भनेर प्रश्न गर्नुभएको छ,' अपडेटका क्रममा उनले भने, 'विभिन्न प्रयास गर्दा पनि, तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना तत्काल नदेखिएको अवस्था छ।'
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- सरकारले पहिलो डोजको कोभिसिल्ड खोप लगाएका साढे १३ लाख मानिसलाई तत्काल दोस्रो डोज उपलब्ध गराउन नसकिने बताएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लाइभ अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखा प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताएका हुन्।

'कोभिसिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले ‘दोस्रो खोप कहिले पाउने ?’ भनेर प्रश्न गर्नुभएको छ,' अपडेटका क्रममा उनले भने, 'विभिन्न प्रयास गर्दा पनि, तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना तत्काल नदेखिएको अवस्था छ।'

उनले विभिन्न १४ जिल्लामा ५५ वर्षभन्दामाथिका नागरिकलाई कोभिसिल्डको पहिलो डोज लगाइ सकिएको समेत जानकारी दिए। यस्तै बाँकी जिल्लामा ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्ड खोपको पहिलो डोज लगाइको थियो। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ८ देखि १२ हप्तामा दोस्रो डोज खोप लगाउनुपर्छ। तर पहिलो डोज लगाएको पनि ११ हप्ता भइसकेको छ। 

'हामीले त्यसै (डब्लुएचओको मापदण्ड) अनुसार निर्देशिकाहरु बनाएर जानकारी गराएका थियौं। अब करिब ११ हप्ता बितिसकेको छ,' उनले भने।कोभिसिल्डको दोस्रो डोज लगाउने मिति नजिकिएसँगै सरकारले प्रयास भने जारी राखेको उनको भनाइ छ। 

प्रकाशित: May 30, 2021| 13:30 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।