मंगलबार, भदौ ९, २०८३

विराटनगरमा अवैध रुपमा राखिएको ४६ कार्टुन औषधि बरामद

विराटनगरमा अवैध रुपमा एउटा घरमा भण्डारण गरिएको अवस्थामा ठूलो परिमाणको औषधि बरामद भएको छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

विराटनगर- विराटनगरमा अवैध रुपमा एउटा घरमा भण्डारण गरिएको अवस्थामा ठूलो परिमाणको औषधि बरामद भएको छ। 

फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभाग शखा विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ कार्टुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो। कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा टोलीले अनुगमन थालेको थियो।

त्यसक्रममा रवि रजकले आफ्नै घरमा स्टोर गरेर राखेको अवस्थामा ‘फिजिसियन सेम्पल’का रुपमा मात्रै प्रयोग गर्न मिल्ने नमुना औषधि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार बरामद गरिएको ठूलो परिणामको औषधि नै नमुना रहेको र अवैध रूपले घरमा स्टोर गरेर राखेको पाइएको छ। 

विभागका अनुसार नमुना औषधि बिरामीलाई बिक्री गर्न पाइँदैन। विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार आफ्नो नयाँ उत्पादनका बारेमा जानकारी दिन उत्पादक कम्पनीले बजार प्रतिनिधि (एमआर)मार्फत् औषधिको नमुना चिकित्सकसम्म पुर्‍याउँछ। तर बिरामीलाई बिक्री गर्न नमिल्ने त्यही नमुना औषधि एउटा घरभित्र भण्डारण गरिएको अवस्थामा फेला परेको हो। 

भारतबाट अवैध रूपमा औषधि ल्याएर उक्त पसलबाट बिक्री वितरण हुने गरेको आरोप पनि छ। घरमा भण्डारण गरिएको नमुना औषधि उक्त पसलमा राखेर अनधिकृत रूपमा बिक्री गर्ने गरिएको हुनसक्ने आशंका अनुगमन टोलीले गरेको छ। 
एसपी खड्काका अनुसार बरामद भएको औषधिको कुनै बिलबिजक, रेकर्ड र खरिद गरेको स्रोत केही छैन।

विभाग प्रमुख कट्टेलका अनुसार उत्पादनका बारेमा चिकित्सकलाई जानकारी दिन प्रयोग गरिने नमुना औषधि कुनै पनि उत्पादक कम्पनीले स्टोर गर्ने गरी यति धेरै उपलब्ध गराउन सक्दैन। उक्त औषधि बिरामीलाई बिक्री गर्नु गैरकानुनी हो। कट्टेलका अनुसार अवैध औषधि भण्डारणका सवालमा मुद्दालाई कसरी अगाडि बढाउने भन्ने बारेमा कानुन व्यवसायीसँग आवश्यक परामर्श र छलफल थालिएको छ।

प्रकाशित: May 30, 2021| 13:12 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।